दफा २०
प्रमाणपत्र दिने
(१) दफा १९ बमोजिम व्यक्तिगत घटनाको सूचना दर्ता भएपछि स्थानीय पञ्जिकाधिकारीले दफा १८ को उपदफा (१) बमोजिमका व्यक्तिलाई व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिनेछ।
(२) दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा बसोबास गर्ने व्यक्तिको मृत्यु दर्ता बाहेक अन्य व्यक्तिगत घटना दर्ता गर्दा यस ऐन बमोजिम परिचय नम्बर प्राप्त भएपछि मात्र त्यस्तो व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र जारी गर्नु पर्नेछ।
(३) यस दफा बमोजिम व्यक्तिगत घटनाको प्रमाणपत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।